घाँस काट्दा करेन्ट लागेर स्याङजामा एक जनाको मृत्यु

0
174

मंगलवार करेन्ट लागेर स्याङजामा एक जनाको ज्यान गएको छ । स्याङजा हरिनाथ गाउपालिका वडा न ५ बस्ने १५ बर्षीय कमल पोख्रेलको करेन्ट लागेर ज्यान गएको हो ।

बारीमा रहेको काभ्रोको रुखमा घास काट्ने क्रममा अचानक विजुलीको नाङगो तारबाट करेन्ट लाग्दा घाइते भएका कमलको उपचारको लागि वालिङ स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याईेको थियो तर निजको उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालयलाई उध्रित गर्दै क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक जगतबन्दु पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस