अमेरिकाले ९ हजार नेपालीलाई अमेरिकाबाट फर्काईंदै

0
34

सन् २०१५मा नेपालमा आएको भुकम्प प्रभावितहरुलाई अस्थायी रुपमा अमेरिका बस्न दिने सुविधामा कटौती गर्दै करिब ९ हजार नेपालीलाई फर्जकाउने तयारी भएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयलाई उदृत गर्दै वाशिङटनपोष्टले समाचार बनाएको छ। कुनै पनि अरु देशमा प्राकृतिक प्रकोप, आतंकवाद वा अन्य उक्त देशमा बस्न नसक्ने स्थितीमा अमेरिकाले अस्थायी रुपमा बस्न मिल्ने सुवीधा दिंदै आएको छ। त्यसलाई टिपीआर (टेम्पोरेर प्रोटेक्टेड स्टाटस्) भनिने गरिन्छ ।

नेपालमा भूकम्प गएपछि करिब १५ हजार नेपालीहरुले उक्त टिपीआर लिएको र करिब ९ हजार अझै अमेरिकामा नै रहेकोले उनीहरुलाई फिर्ता जान करिब १ बर्षको अँधि दिने तयारी भएको वाशिङटन पोष्टले जनाएको छ । अमेरिकी भिभागले तयारी गरेको र चाँडै मिती सार्वजनिक गर्ने छ। बाहिर नआईसकेको आन्तरिक कुरा वाशिङटनपोष्टले समाचारका रुपमा ‘ब्रेक’ गरेको हो।

वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ । महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ । ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा विभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर नगरिसकेको भए पनि आन्तरिक दस्तावेजले चाडै नै उनले हस्ताक्षर गर्ने स्पष्ट संकेत गरेको वासिङटन पोष्टले जनाएको छ । नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ । धेरैजसो नेपालीहरु न्यूयोर्क शहरमा बस्दछन् ।

श्रोत : एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस