हिन्दू धर्म र बिज्ञान – शिव लिंगमा दुध किन चढाईन्छ?

0
407

जब समुन्द्र मन्थन भयो तब त्यहाबाट अत्यन्तै सुन्दर वस्तुहरूको साथमा अत्यन्तै भयानक कालकुट विष पनि निस्कियो । जुन विषले सृष्टिमा प्रलय ल्याउने भयो। फलस्वरूप शिव सग सृष्टिलाई बचाउनको लागि उक्त विष पिउन आग्रह गरियो । उनले उक्त विषलाई न आमासयमा राखेर पचाए न ब्रम्हाको सुन्दर सृष्टी र आफ्नो शरीरमा नै फैलिन दिए त्यसलाई हास एवं कुखुराले खानेकुरा घाटीमा राखे झैँ गरेर उनले आफ्नो घाटी अर्थात् कण्ठमा नै राखे र निलकन्ठ कहलिए । विषले शरिरमा ताप पैदा गर्दछ त्यसकारण शिवले उक्त तापलाई कम गर्नको लागि सर्वप्रथम दुध पिए किनभने दुधले शरीरमा शितलता पैदा गर्दछ, यो विज्ञानसंवत प्रमाणित तथ्य हो।

वैज्ञानिक रूपमा हेर्ने हो भने, शिवको महिना भनेको श्रावण महिना हो । जुन समयमा मौसम बदलि रहन्छ र उक्त समयमा अनेकौ विमारीले जन्म लिन्छ। घास-पात, साग-सब्जी देखि लिएर प्राणी सम्ममा सृष्टीको सबै चिज त्यो समयमा छिटो बिमारी पर्दछन ! सबैमा रोग लाग्दछ ! सबैमा रोग प्रतिरोधात्मक शक्ती कम हुन्छ। विज्ञान एवं आयुर्वेद ले पनि श्रावण महिनामा दुध सेवन गरेमा वाथ, कफ, एवं पित्तको समस्या आउछ भनेर प्रमाणित गरेको छ ।
किनभने उक्त समयमा गाईले जुन घास पातको सेवन गर्दछ त्यसको असरले उसको शरीरबाट निस्किने दुध, गहुत, गोबरमा समेत असर पर्दछ ।
घास खाने गाईले श्रावणमा घासै खादापनी पचाउन नसकेर छेर्ने गर्दछ । किनभने उक्त महिनामा आएका रोगको कारण गाई पनि ग्रस्त हुन्छ। रोगी गाईबाट निस्केको दूधलाई सेवन गरेमा मानिस पनि रोगी हुन्छ । त्यसैले उक्त समयमा गाईबाट निस्केको जतिपनि दुध हुन्छ त्यो दूधलाई हामी शिवलाई चढाउदछौ। श्रावण महिना भनेको शिवको महिना हो। हामी देव, दानब अनि सृष्टीको प्राणी सारै बाठो छौ। समुन्द्र मन्थनको बेलामा निस्केको राम्रो हिरा मोती देव र राक्षसले बाढेर लिए। त्यहाबाट निस्केको राम्री केटीहरू अप्सराको रूपमा ईन्द्रले लिए,

अमृत निस्कियो, त्यसलाई देवताले बाढेर खाए। लक्ष्मी निस्कीईन, उनलाई विष्णुले अर्धांगिनी बनाए। तर जब बिष निस्कियो त्यो विष चै शिवको भागमा पर्यो। शिवलाई चढाईने हरेक वस्तु अखाद्द र नमीठा नै छन्। गाजा, भांग, धतुरो, श्रावण महिनाको दुध, स्वादमा तितो हुने वेल पत्र आदी सबै हेर्नुस सबै नमीठा जस्ता वस्तु शिवको भागमा पारिएको छ।

गणेश लाई हेर्नुस लड्डु, विष्णुलाई हेर्नुस फलफुल, दुर्गालाई सुन्दर लत्ताकपडा एवं आभूषण अनि कृष्णलाई मख्खन अनि अरू सबै देवको भागमा मिठा मिठा पकईएका बस्तु छन् तर जब नमिठो एवं विषादीको पालो आयो त्यो चै शिवको भागमा पर्यो। सारै अन्याय गरिएको छ शिवजी माथी। एक त वहालाई लगेर हिम पर्वतमा राखियो, त्यतिले नपुगेर घाटीमा सर्प जुन कोल्ड ब्लड़ेड (चिसो रगत) हुन्छ त्यो लगाईयो, अनि त्यतिले पनि नपुगेर टाउको बाट गङ्गा अर्थात् चिसो पानीलाई बगाईयो। यो भन्दा ठुलो अन्याय के हुन्छ। हिउ माथी बसाएर टाउको माथीबाट खोला बगाईयो अनि खानलाई गाजा, भांग अनि विषादी युक्त काचो दुध दिईयो लाउनलाई पनि ढंगको कपडा दीइएन। खानलाई पनि कहिले पकवान भोग लगाईएन ।
अनि त अनि त्यस्तो भयङ्कर विष सम्म पिउन लगाईयो । त्यही पनि शिवले आफ्नो कर्मलाई छोडेनन्। हुदा हुदा गाईको विषादी युक्त काचो दुध रोगी दुध समेत उनैलाई खुवाईयो। कम्तिमा पकाएर दिएको भएपनि त अलिकति किटाणु मर्थ्यो। एकरती दया गरिएको छैन कत्रो अन्याय ।
त्यहीपानी झोले उफ्रीरहेका छन् कि किन शिवलाई दुध चढाईयो भनेर ?मानब कल्याण एवं मानब स्वास्थ्यको रक्षाको लागि शिवलाई दुध चढाईयो ।

अनुसन्धानअत्मक लेखका लेखक सन्तोष आचार्य हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस