राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा.पुष्प कँडेल

0
17

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।२०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस