त्रिचन्द्र नेविसंघको अध्यक्षमा कौशल दाहाल

0
128

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसको इकाई अध्यक्षमा नारायणप्रसाद दाहाल (कौशल) नियुक्त भएका छन् । आइतबार संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले रिक्त रहेको अध्यक्ष पदमा दाहाललाई जिम्मेवारी दिएका हुन् । दाहाल त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सदस्य हुन् । अध्यक्ष महरले क्याम्पस इकाई अध्यक्षको जिम्मेवारी दिँदै दाहाललाई ‘नेविसंघका साथीहरुको परामर्शमा यथाशिघ्र कमिटि विस्तार गरि संगठन सुदृढिकरणमा लाग्न’ निर्देशन दिएका छन् ।

यसअघि महामन्त्री कुन्दन काफ्ले त्रिचन्द्र क्याम्पस ईकाई अध्यक्षमा लोकप्रसाद सिवाकोटी (शान्त) निर्विरोध चयन भएको भन्दै बधाई दिएका थिए । त्यसको केही दिनमै अध्यक्ष महरले इकाई अध्यक्ष रिक्त रहेको ठाउँमा दाहाललाई जिम्मेवारीको पत्र दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस