नेपाली कांग्रेसमा पदाधिकारी चयनको तयारी हुँदै

0
13

तस्बिर : वेब मिडिया

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका छन् । कांग्रेस  मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ। केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना रहेको छ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दा समेत गरेका छैनन् । नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गरेका हुन् । तथापि उनले पदाधिकारी मनोनयन सहमतिमा हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरे पनि कुनै छलफल गरेका छैनन् ।

स्रोतका अनुसार, उपसभापतिमा विमलेन्द्र निधि मनोनित हुने सम्भावना छ । यद्यपि, यसमा गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि दाबी गरेका छन् । महामन्त्रीमा पूर्णबहादुर खड्का र सह-महामन्त्रीमा डा. प्रकाशशरण महतलाई सम्भावित अनुहारका रुपमा हेरिएको छ ।

<

p style=”text-align: justify;”>निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो । त्यही स्थगित बैठक शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आइतबारलाई सारिएको हो ।

प्रतिक्रिया दिनुहोस