मालिन्दो एयरको विमान दुर्घटनास्थलबाट हट्यो ।

0
7

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल श्रोतले बताएको छ । श्रोतका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो । घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १३९ यात्रु सकुशल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस