जब नेबिसंघको जन्मोत्सबमा अखिल क्रान्तिकारीले राष्ट्रिय झन्डा उपहार दियो

0
47

नेपाल बिद्यार्थी संघको ४९ औ जन्मोत्सब देशभरी नेबिसंघले बिबिध कार्यक्रम मनाएको छ । राजधानीको त्रि-चन्द्र कलेजमा केन्द्रिय समितीले आयोजना गरेको शुभकामना आदान-प्रधान कार्यक्रममा प्रमुख अतिथी रहेका पूर्व प्रधानमन्त्री तथा काग्रेस सभापति शेर बहादुर देउवाले स्थापना कालदेखी बर्तमान अवस्था सम्म आई पुग्दा सम्म नेपाल बिद्यार्थी संघले राष्ट्र र पार्टीलाई अफ्ट्यारो पर्दा राष्ट्र र पार्टी जोगाउन बिभिन्न आन्दोलनमा होमिएको बताउदै फेरी एक पटक प्रजातन्त्र जोगाउन नेबिसंघ स्कुल कलेज र गाउँ गाउँ बाट जाग्न निर्देशन दिए । नेपाली बिद्यार्थी संगठनको ईतिहासमा पहिलो पटक बिद्यार्थी संगठनको कार्यक्रममा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेबिसंघको झन्डा अन्कित ड्रोन उडाएर कार्यक्रमको उद्घाटन गरेका छन् ।  

बिद्यार्थी संगठनका कार्यक्रममा आफ्नो संगठनका नेता कार्यकर्ता मात्र जम्मा हुने हुन्छ जब अखिल क्रान्तिकारी का अध्यक्ष रन्जित तमाङ राष्ट्रिय झन्डा बोकेर कार्यक्रमस्थलमा आईपुगे त्यहा अपस्थित अतिथीगण, नेता कार्यकर्ता सबै चकित भए । नेबिसंघको निमन्त्रणामा अतिथीका रुपमा आएका तमाङले नेबिसंघ अध्यक्ष नैन सिंह महरलाई संगठनको जन्मोत्सबको उपलक्षमा राष्ट्रिय झन्डा दिदै नेबिसंघ र अखिल क्रान्तिकारी राष्ट्रिय मुद्धा र सम्युक्त आन्दोलनमा सहयात्री रहेको र यो सहकार्य सधै रहिरहने भन्दै शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्रेस महामन्त्री शसाङ्क कोईरालाले प्रजातन्त्र ल्याउन नेबिसंघका बिद्यार्थीले बिना लोभ लालच, आफ्नो बलिदानी दिएको हुँदा यस्को मर्म बुझेर बर्तमान नेत्रित्व अगाडी बड्न भने । त्यस्तै पूर्व उपसभापती एबम मन्त्री गोपालमान श्रेष्ठले शुभ कामना दिदै बिधी र बिधान अनुसार संगठन अगाडि बढे पार्टी दर्हो हुने भन्दै काङ्रेसले नेबिसंघ र नेबिसंघले काङ्रेस सँग सिक्न आग्रह गरे । सस्थापक अध्यक्ष एबम पूर्व मन्त्री बिपिन कोइरालाले जुन लक्ष र उदेश्यका साथ संगठनको स्थापना गरिएको त्यस्लाई नभुल्न बिद्यार्थीहरुलाई अनुरोध गर्दै भने नर्सरीमै गुट अपगुट भए त्यस्को रोग सर्दै पार्टीमा सर्नेहुँदा यो गुटबाट टाढा रही संगठन दर्हो बनाउन अनुरोध गरे ।

कार्यक्रममा केन्द्रिय नेताहरु एन पि साउद, प्रकाश शरण महत, शंकर भन्डारी, लगायत नेबिसंघकी केन्द्रिय उपाध्यक्ष उर्मिला थपालियाले नेपाल बिद्यार्थी संघको जन्मत्सोबको उपलक्षमा शुभकामना दिएका थिए। सो कार्यक्रममा प्रतिनिधि सभाको चुनावको प्रचार प्रसारको क्रममा बम हमलामा परी खुट्टा गुमाएकी नेबिसंघ केन्द्रिय सदस्य कटवाललाई सम्मान गरिएको थियो । कार्यक्रमका सभापती एबम नेबिसंघ अध्यक्ष नैन सिंह महरले अब नेबिसंघ सँगठनको पारीत बिधान अनुसार अगाडी बढ्ने बताउन्दै बिबाधित ११ जिल्ला र अन्य जिल्लामा समेत संगठन बिस्तार गरिने बताए । कार्यक्रममा उनले भने ‘महाधिबेसन समयमै हुन्छ’ । कार्यक्रमको शाहजिकरण महामन्त्री सरोजकुमार थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस