भुसाल बनिन् काँग्रेस संसदीय दलको सचेतक

0
26

नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा २) बमोजिम मनोनयन गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस