स्याङ्जामा जनप्रतिनिधीले आफ्ना बालबालिका निझी स्कुलबाट सरकारी स्कुलमा सारे

0
58

स्याङ्जाका फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कूलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक विद्यालयमा सारेका छन् । परिवर्तनको शुरुआत आफैबाट गर्नुपर्छ भन्दै गाउँपालिका अध्यक्षले बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियान थालेका हुन् । उनले सिद्धार्थ माविको कक्षा ४ मा छोरी स्वेच्छा र छोरा सयल सुवेदीलाई कक्षा १ मा भर्ना गरेका छन् ।

गाउँपालिका अध्यक्षले नै सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेपछि अरुलाई पनि भरोसा हुने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पनि बढाउन सकिने सुवेदीले बताए । उनले आफ्नो गाउँपालिकाभित्रका सामुदयिक विद्यालयको पठनपाठन सुधार गर्न अभियान थाल्न यो कार्य गरिएको बताएका छन् ।

सार्वजनिक विद्यालयको स्तर सुधार्ने हो भने नीति निर्माण तहमा रहेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई सरकारी स्कूलमानै पढाउनु पर्ने हुन्छ भन्दै अध्यक्ष सुबेदीले आफ्ना सन्तान पढ्ने स्कूलको पठनपाठनको नियमित अनुगमन गरिने भएकाले जनप्रतिनिधि र कर्मचारीले सार्वजनिक विद्यालयमा भर्ना गर्नुपर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस