गीतकार अम्बिका गुरुङले श्रोता दर्शकलाई नयाँ बर्षको कोसेली सुम्पिदै 

0
36
चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ बर्षको पहिलो दिनमै आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिने भएकी छन् । गायक विरेन्द्र श्रेष्ठको स्वरले शजित अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउन्छन् बोलको आधुनिक गीतको भिडियो भोली २०७५ बैशाख १ गते दिन दर्शक माझ प्रस्तुत गर्ने तयारी रहेको गायक विरेन्द्र श्रेष्ठले हाम्रो सेरोफेरो लाई बताएका छन् । एक दर्जन गीतमा सुमधुर स्वर भरी सकेका गायक श्रेष्ठ र चर्चित गायिका मेलिना राईको स्वर रहेको यो गीत भिडियो तयार नहुँदै श्रोता माझ लोकप्रिय भईसकेको थियो । पुर्बी नेपालको अधिकान्स एफ एम रेडियोमा धेरै श्रोताको रोजाईमा पर्ने आँखा लाउछन् बोलको उक्त गीत भिडियो बजारमा आई सकेपछी अझ बजार हिस्सा ओगट्ने आशा गरिएको छ । 
 https://www.youtube.com/watch?v=Hv3voPnIfm8
 
धुलिखेलको एक रिशोर्टमा छायान्कन गरिएको भिडियोमा गायक श्रेष्ठले यो पटक बाल कलाकार  आयुश र अन्सुलाई यस भिडियो मार्फत म्युजिक भिडियोमा डेभ्यु गराएका छन् भने ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र चल्तिका मोडल निपुन श्रेष्ठलाई सो गीतको पर्दामा देख्न पाईने भएको छ । अभिनय गर्ने कलाकारलाई राजिब समरले आफ्नै प्रक्रितीको कारीयोग्राफीमा क्यामरा अगाडि देखाउने काम गरेका छन् । अत्याधुनिक प्रबिधीको प्रयोग गरी तयार गरिएको भिडियोमा निर्देशक सञ्जय बरालले आफ्नो उत्तम निर्देशन कला समेत पोखेका छन् ।
 
संयुक्त राज्य अमेरिकामा बस्दै आएकी कबियत्री एबम् गीतकार गुरुङले नयाँ बर्ष २०७५को उपलक्षमा सम्पूर्ण देश बिदेशमा रहनु भएका  नेपाली दाजुभाई दिदी बहिनी हरुमा शुभ कामना स्वरुप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको छ । साथै गायक विरेन्द्र श्रेष्ठले नयाँ बर्षको अवसरमा शुभकामना सहीत नयाँ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत संगितलाई माया गरीदिन आग्रह गरेका छन् । दर्शक श्रोता को माया र स्नेह पाईराखेमा आउँदा दिनहरुमा पनि नयाँ नयाँ गीत पस्कने बताउदै नयाँ बर्षमा सबैको भलो होस, आफ्नो कला सस्क्रिती, भाषा , रितीरिवाजलाई माया गर्ने सक्ती आवोस भन्दै सम्पूर्ण नेपालीहरुमा आफ्नै नयाँ बर्षको प्रवर्धन गर्न आग्रह गर्दै शुभ कामना ब्यक्त गरेका छन् ।   
 
 https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DHv3voPnIfm8%26feature%3Dplayer_embedded&h=ATMZStJHZACiL-fLhbkQTQsp38WnF9xOo158QkjIC4Wyln-Ea5cu1GaF1S2NMoYOYNgr56MX0ZGwlZyV6eImI4vEX2a0o-YKWcqkhMJRZloBQhvS790&s=1
 

प्रतिक्रिया दिनुहोस