अमेरिकी राष्ट्रपतिले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

0
8

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को उपलक्षमा शुभकामना व्यक्त गरेका छन् ।

वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षकाे शुभकामना व्यक्त गरेका हुन् । शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरु सेलिब्रेट गर्ने अवसर नेपाली नयाँ वर्षले दिनु हाम्रा लागि खुसीको कुरा हो, नेपाली नयाँ वर्षले नेपालको समृद्धिसँगै सम्बन्धलाई थप गहिराइमा पुर्‍याउने विश्वास लिएका छ ।’ विज्ञप्तिमा भनिएको छ। नेपाली नयाँ वर्ष २०७५ शनिबारबाट सुरु हुँदैछ । विस्वभरी नेपाली र बिक्रम सम्बत क्यालेन्डर पच्छ्याउने समुदायले भोली नयाँ बर्ष २०७५ भब्य रुपले स्वागत गर्दै मनाउदै छन् ।

प्रतिक्रिया दिनुहोस