सलमान खान नेपाल आउने निस्चित

0
20

तस्बिर : एजेन्सी

यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको ‘द–ब्याङ्ग’ टुर आगामी जेष्ठ १२ मा काठमाडौँको टुँडिखेलमा आयोजना हुने भएको छ । जसका लागि भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु नेपाल आउने भएका छन् ।

कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।हरिण शिकारको मामिला सलमान जेल चलान भएपछि कार्यक्रमबारे अन्यौलता थपिएको थियो । सलमानले सो मुद्दामा जमानत पाए पनि देश बाहिर जान नपाउने भनिएको छ । जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ । पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

आयोजक ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङले ग्लोबल आइएमई बैंक, भाटभटेनी लगायतका मुख्य स्थानबाट टिकट वितरण शुरु गर्ने तयारी गरेको पनि जानकारी दिए । उनले सुरक्षा प्रवन्धका लागी पहिले नै अनुमति पाएको बताउँदै अब सुरक्षा निकायलाई पनि जानकारी गराएर थप तयारी पूरा गर्ने बताए । ‘पहिले टिकट वितरण भएको हेर्दा २५ देखि ५० हजार टिकट विक्री हुने अनुमान गरेका छौं,’ गुरुङले भने । आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका छन् । कार्यक्रमको १० देखि १२ करोडको लागत अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस