भाटभटेनीको आगलागी ५ घन्टापछि नियन्त्रणमा

0
34

हिरु तिवारी, बुटवल

बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो ५ घन्टापछि नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घन्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले बताएका छन् । तीन वटा दमकल संकलन गरी आगो निभाउन लागेका थिए । त्यसैगरी सुरक्षाकर्मीदेखि सयौंको संख्यामा रहेका स्थानीयले आगो निभाउन प्रयास गरेका थिए । आगोले गर्दा बुटबल क्षेत्र कालै भएको थियो । आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ । कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन ।

बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए । ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सर्ट भएको जानकारी आएको बताएको छ । मध्यान्ह १२ बजेसम्म घटनाको सबै बिवरण आउने ईप्रका बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस