सरकारले हिन्दू धर्मका चाडपर्वको बिदा घटाएको केही दिनमै हिन्दू धर्मगुरुको हत्या प्रयास

0
61

संसदमा सनातन हिन्दूहरुले मान्दै आएका धार्मिक चाडपर्वहरुमा दिँइदै आएको बिदा कटौती गर्ने कुरा र केही धार्मिक गुरु तथा धार्मिक संस्थामा आक्रमण गर्ने कुरा संयोग हो कि नियत हो भन्दै सांंसदहरुले सरकारलाई प्रश्न गरेको केही दिनमै विराटनगरमा हिन्दु धार्मिक गुरुमाथि गोली प्रहार गरी हत्या प्रयास भएको छ। बालसन्त स्वामी श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको हो । नेपाललाई हिन्दू राष्ट्रको रुपमा नामाकरण गर्ने अभियान संचालन गर्दै आएका अत्यन्तै महत्वपूर्ण भुमिका खेल्दै आएका सन्त आचार्यमाथि शनिबार राति गोली प्रहार भएको हो ।

साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि शनिबार बिहान २ बजेतिर गोली प्रहार भएको हो। विटारनगर महानगरपालिका-१४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन फायर गोली चलेको र एउटा गोली आचार्यको छातिको दायाँतर्फ गोली लागेको छ। लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन। आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ। मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको अनुसन्धान भइरहेको तर आक्रमणकारीको पहिचान नभइसकेको जानकारी दिए।

आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखेर तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको जानकारी दिए । भने, ‘भोलिपल्ट सुरु हुने सप्ताह ज्ञान महायज्ञको तयारीबारे छलफल गरी साढे ११ बजे राति गुरु सुत्न जानु भयो म पनि अर्को कोठामा सुत्न गएँ। एक्कासि निद्रामै गोली पड्किएको सुनेर हतारिएर हेर्न जाँदा गुरु शौचालय नजिकै लड्नु भएको थियो।’

अर्यालका अनुसार जतुवामा बिहान कलशयात्रा निकालेर ज्ञानमहायज्ञ सुरु गर्ने तयारी थियो। आचार्यसहितको सन्तहरुको समूह राति ८ बजे धर्मशाला आई पुगेको थियो। अर्यालले भने, ‘सडकमै सटिएको तीन फिट अग्लो दिवाल बाहिरबाट गोली प्रहार गरेको जस्तो देखिन्छ। अग्यात समुहले सडकसँगै टाँस्सिएको छ।’ त्यहाँ हिन्दुवादी गतिविधि चलाए अरुलाई पनि कार्वाही हुने र भारतीय विस्तारवादीहरुलाई कार्वाही हुने विवरण उल्लेख गरेका छन् । केही दिन अगाडि गृह मन्त्रिले पश्चिमा हरु नेपालमा क्रिस्चिनियटि मार्फत द्वन्द निम्त्याउन लागेको भन्दै प्रशासनलाई सतर्कता अपनाउन निर्देशसन दिएको केही दिनमै यस्तो घट्ना घट्नु कतै ईसाई अतिबादिको योजना त होईन भन्ने शङ्का उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस