बुटवलको भाभाटभटेनीमा भिषण आगजनी दुई वटा दमकल बाट आगो नियन्त्रण प्रयास हुँदै

0
10

नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भएको भिषण आगजनी नियन्त्रण बाहिर गएको छ । आइतबार बिहान करिब ४ बजे आगजनी शुरु भए पनि साढे ३ घण्टा हुनै लाग्दा नियन्त्रणको कुनै प्रयास सफल भएको छैन । माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन ।

आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ । कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन । ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सट भएको जानकारी आएको बताएको छ । दुई वटा मात्र दमकलले आगो निभाउने प्रयास गरेका छन् । माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन । नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सयौं स्थानीयले पनि प्रयास गरेका छन् ।  कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । 

सो भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । माथिल्लो तलाबाट निस्किएको धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ । आगोले गर्दा बुटबल क्षेत्र कालै भएको छ । आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ । कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस