नेपाली संगीतिक बजारमा मेल आईटम गीत

0
116

नेपाली संगीतिक क्षेत्रमा स्थापित आधुनिक गायकको नाम हो विरेन्द्र श्रेष्ठ । जसले आँखा लाउछन्, घर हाम्रो लेकैमा, तिम्रो मन सँग जस्ता बहु चर्चित गीत बजारमा ल्याई सकेका छन् । पेसाले ईन्जिनियर गायक श्रेष्ठ बिगत ५ बर्ष देखी आधुनिक गायन क्षेत्रमा आफ्नो क्षमता देखाई रहेका छन् । संगीतीक यात्रा सुरु गरेको छोटो समयमै स्थापित हुन पुगेका गायक श्रेष्ठले चाडै आईटम गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

चर्चित संगितकार शेखर सन्तोषको मिठासपूर्ण संगित, शाहास श्रेष्ठको संगीत सम्योजन,गितकार सञ्जय बरालको नयाँ प्रयोगमा गायक बिरेन्द्र श्रेष्ठको स्वरलाई रेकडिस्ट कुमारले भर्जिन स्टुडियोमा जीवन्त बनाएका छन् ।  सुबिख्यात रसियन राइइफल ए के फोर्टी सेभेन बोलको यस गीत नेपाली बजारमा नयाँ स्वादका साथ नेपाली संगितका पारखिहरुलाई पस्कने जमर्को का साथ जनकपुर तथा जलेश्वोरका खन्डहरलाई प्रयोग गरी तयार हुने क्रममा रहेको छ। सो गीतमा प्रेम भित्रको यथार्थ युद्धलाई प्रतिबिम्बित गरिएको छ ।

गीतकार अम्बिका गुरुङको नयाँ म्युजिक भिडियो बजारमा आउँदै

यस सँगै आँखा लाउछन गीतको भिडीयोको छायान्कन सकिएको र सो भिडियो चाडै बजार आउने बताउछन गायक श्रेष्ठ। गायक श्रेष्ठले यो पटक बाल कलाकार हरु आयुश र अन्सुलाई अभिनय गराउनुको साथै ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र चल्तिका मोडल निपुन श्रेष्ठलाई सो गीतको पर्दामा देखाउने तयारी गरेका छन् ।अत्याधुनिक प्रबिधीको प्रयोग गरी तयार गरिएको भिडियो निर्देशक सञ्जय बरालको ४०१ औ भिडियो हुन गएको छ ।

<

p style=”text-align: justify;”>थोरै गीत संगित प्रवासबाट रिलिज भई रहेको यो समयमा नेपाली गीत संगित लाई विश्वब्यापी बनाउन यस गीतका गीतकार अम्बिका गुरुङ्ले गायक विरेन्द्र श्रेष्ठका लागि नै मिठाशपूर्ण ठट्टौली शब्द भर्नु भएको उक्त गीत भावसागर युटुब च्यानल मार्फत बैशाख १० गते अमेरिका बाट रिलिज हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस