मनसुन अझै केही दिन जारी रहने

0
15

पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा बुधबार ११.४ मिलिमिटर वर्षा भएको छ । बुधबार देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ ।

काठमाडौंको बुधबारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, प्रिमनसुनी गतिविधि सक्रिय भएकाले अहिले धेरै ठाउँमा पानी परेको हो । हिजो काठमाडौंसहित मध्य र पश्चिमी भागमा बढी वर्षा भएको छ ।  काठमाडौं, पोखरा, भैरहवा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगरसहित पश्चिमी पहाडी र हिमाली भागमा बढी वर्षा भएको महाशाखाको भनाइ छ । 

यसैगरी , छिनमै पानी पर्ने र चिसो हावा बहने क्रम अझै केही दिन जारी रहनेछ । बिहान मौसम खुलेपनि केही दिन अझै दिउसो पानी पनै क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

विहिबार विशेषगरी पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने अनुमान छ । तर, हिजोको तुलनामा कम हावाहुरी र चट्याङ पर्ने मौसमविद वरुण पौडेलको दाबी छ  । मौसमविद पौडेलका अनुसार दुई–तीन दिनयता ‘प्रि–मनसुन’ अत्यधिक सक्रिय भएपछि विहानपछिका दिनमा बदलाव आएको हो । 

प्रतिक्रिया दिनुहोस