संघीय संसदको अधिवेशन अन्त्य

0
3

आज बाट संघीय संसद-प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेसँगै संघीय संसदको अधिवेशन अन्त्य भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निर्णयार्थ पेश गरेका थिए, जसलाई बहुमतले पास गरेको छ ।

त्यसअघि नमेकिपाका सांसद प्रेम सुवालको संशोधन प्रस्तव बहुमतले अस्वीकृत भएको थियो । संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले मध्यरात १२ बाट अधिवेशन अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए । संसदको पहिलो बैठक गत २१ गते बसेको थियो । यो बीचमा ९ दिन बैठक बस्यो, जसले सभामुख र उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् । साथै तीन अध्यादेश पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस