सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ – गृहमन्त्री थापा

0
31

स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको गृहमन्त्री राम बहादुर थापाले गृह प्रशासनलाई चनाखो हुन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। उनले मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन नयाँ रणनीति तय गर्नुपर्ने बताए।

गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गर्दै धर्म प्रचारका नाममा भइरहेका गतिविधि र मुलुकका विभिन्न भूभागमा भइरहेका विखण्डनकारी गतिविधि नजिकबाट हेरिरहेका छन्। गृह मन्त्रालय निकट स्रोतका अनुसार नेपालमा कुन देशका नागरिक आएर यहाँ के गरिरहेका छन् भन्ने जानकारी सुरक्षा निकायलाई हुँदैन। जसले गर्दा विभिन्न बहानामा आउने विदेशीले नेपालमा धर्म प्रचारलगायतका अन्य गैरकानुनी तथा आपराधिक गतिविधि गरिरहेको गृह मन्त्रालय स्रोत बताउँछ।

आज प्रकाशित नागरिक दैनिकको समाचार अनुसार प्रविधिमार्फत यस्ता गतिविधि नियन्त्रण तथा व्यवस्थापनका लागि सुधार गर्न लागिएको छ। अब मन्त्री ज्यु दुवै प्रवृत्तिप्रति कठोर ढंगले प्रस्तुत हुने मनिस्थितिमा हुनुहुन्छ’ उनी निकट स्रोतले भन्यो। कार्यक्रममा गृहमन्त्री थापा तस्करप्रति पनि आक्रामक देखिदै तस्कर र भ्रष्टाचारीलाई ध्वस्त बनाउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस