मदन कृष्ण श्रेष्ठलाई पत्नी बियोग

0
24

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतलाई उधृत गर्दै डा रविन्द्र समीरले जानकारी दिएका छन् । श्रेष्ठ दम्पतिका एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस