नेता खुमबहादुर खड्काको शोक मनाउन कांग्रेसले ७ दिन पार्टीको आधा झण्डा झुकाउने

0
11

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव र निर्णय पारित गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर गरेको छ ।

२ मिनेट मौन धारण गर्दै सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक-श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने गरेको छ ।

साथै बैठकले ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टीले नेता खड्काको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ। नेता खड्का बी.पी. कोइरालासँगै राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तर्गत २०३३ पौष १६ गते स्वदेश फर्कएका थिए । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न तत्पर दिवंगत नेता खड्का गणेशमान सिंह, सुर्वण शम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेका थिए ।

प्रतिक्रिया दिनुहोस