उपचारका क्रममा दिवङ्गत काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार

0
18

उपचारका क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।

मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको शुक्रबार एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ । खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइएको हो । एयरपोर्टबाट राती करिव ११ वजे कफिनमा राखिएको उनको शब वाहिर निकालिएको थियो। एयरपोर्टमा पुगेका शुभेच्छुकहरु कफिनमा राखिएको शब सहित खड्काको सानेपा निवास गएका थिए । त्यसपछि मात्र कफिनमा रहेको शब निकालिएको थियो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा ९ बजेबाट १ बजेसम्म राखिने तयारी भएको तर निवासमै सुबेच्छुकको भिड लागेपछी उनको शव दिउँसो १ बजेसम्म उनकै निवास सानेपामा राखिने भएको छ । यसअघि ९ बजेसम्म सानेपा घरमा राखेर त्यसपछि पार्टी कार्यालय लैजाने कार्यक्रम रहेको थियो । खड्का पुत्र अनुराग आउन ढिलाइ भएपछि दिउँसो १ बजेमात्र कार्यक्रम सुरु हुनेछ ।

यता चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको कुरा केन्द्रिय कार्यालयका सचिब प्रेम केसीले हाम्रोसेरोफेरोलाई बताए । आइतवार ११ बजे केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि उनको अन्तिम संस्कारको लागि अपरान्ह ३ बजे पशुपति आर्यघाट लगिने छ। भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस