संघीय संसदमा राष्ट्रपति भण्डारीको पहिलो सम्बोधन

0
17

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्। आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी भइ मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताएकी छिन् ।

संविधान कार्यान्वयनका लागि भएका तीन तहका निर्वाचनले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माण गर्ने ढोका खुला गरेको भन्दै राष्ट्रपति भण्डारीले असाधारण सम्भावनाको ढोका खुला भएको र समृद्ध नेपाल खुसी नेपालीको हाम्रो अभियान सफलता प्राप्त गर्ने दिशामा अगाडि बढाएको बताएकी छन् । राष्ट्र र समृद्धि प्राप्तिका लागि भ्रष्टाचार, दमन, उत्पीडन र अशान्तिको अन्त्य गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।

राष्ट्रपति भण्डारीले युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई रोक्नका लागि आवश्यक कदम चाल्न समेत आग्रह गरेकी छिन्। ‘युवाहरु विदेश पलायन भइरहेका छन्, युवा जोस जाँगरलाई देश निर्माणमा भरपर्दो रुपमा लगाउन भूमिका खेल्नु हुने विश्वास गर्छु,’ उनले भनिन्, ‘नेपाल सामाजिक आर्थिक र सांस्कृतिक रुपमा अगाडि बढेको भन्दै संविधान कार्यान्वयन तथा समृद्धिका लागि सबैले भूमिका खेल्नुहुने छ।’ सम्बोधन अघी संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागतगरेका थिए । सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको छ भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाएको थियो।

प्रतिक्रिया दिनुहोस