नेपालले पायो एकदिवसीय मान्यता क्रिकेटमा अहिलेसम्मकै ऐतिहासिक उपलब्धी

0
31

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ पछि पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । यो सिंगो नेपालीको गौरवको विषय भए पनि समर्थक हातहरु धेरै छन् ।यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो ।

यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो । तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ ।

वर्षौंवर्षको कडा मेहनत, प्रतिवद्धता र लगावका कारण नेपाल ओडीआई नेशन बनेको भन्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका छन्, ‘नेपाल क्रिकेटको ऐतिहासिक यात्रामा सहभागी सबैलाएई बधाइ छ ।’

प्रतिक्रिया दिनुहोस