उपसभामुखमा एमाले नेतृ तुम्बाहाङ्फे र कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

0
18

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस र एमालेको तर्फ बाट उम्मेदवारी दर्ता भएको छ। एमाले नेतृ डा. शिवमाया तुम्बाहाङ्फे र नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सांसद डिला संग्रौलाको प्रस्ताव र देवेन्द्रराज कँडेलको समर्थनमा भुसालको उम्मेदवारी दर्ता गरिएको छ भने तुम्बाहाङ्फेको प्रस्तावकमा माअोवादी केन्द्रका नेता देव गुरूङ र समर्थकमा एमाले नेता रवीन्द्र अधिकारी रहेका छन्।

बिहीबार नै काँग्रेस संसदीय दलको बैठकले उनलार्इ उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भुसाल काँग्रेसबाट समानुपातिक सांसद भएकी हुन्। पहिलो संविधानसभामा समेत उनी अर्घखाँचीबाट समानुपातिक सभासद बनेकी थिइन्। बाम गठबन्धनको बहुमत रहेको प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विराेध निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस