राष्ट्रपति भण्डारीको शपथ आज

0
24

दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी हिजो दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

नेपालको संविधान २०७२ को धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको सपथ सम्बन्धी व्यवस्था छ । धारा ७१ मा लेखिएको छ -राष्ट्रपति र उपराष्ट्रपतिको शपथः राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ । वुधबार तोकिएकै समयमा राष्ट्रपति भण्डारीले दोश्रो कार्यकालका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीबाटै सपथ लिनेछिन ।

प्रतिक्रिया दिनुहोस