बिमान दुर्घटनामा परेर ज्यान गुमाउनेको आत्माको चिर शान्तिको कामना गर्न नेबिसंघले दिप प्रज्वलन गर्दै

0
118

नेपाल बिद्यार्थी संघले आज बेलुका ६बजे माईतिघर मन्डलामा दिप प्रज्वलन गर्ने भएको छ । हिजो यूएस बङगला बिमान काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय बिमान्स्थलमा अबतरण गर्नेक्रममा दुर्घटना भई ज्यान गुमाउने यात्रुको आत्माको चिरशान्तीको कामना गर्दै आज बेलुका नेपाल बिद्यार्थी संघ केन्द्रिय समतिले दिप प्रज्वलन गर्ने भएको हो । दु:खमा दु:ख साट्दै घाउमा केही हदसम्म मलम लगाउदै उनका परिवार प्रती समबेदना प्रकट गर्न यो कार्यक्रम आयोजना गरिएको कुरा नेबिसंघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले हाम्रो सेरोफेरोलाई बताउनु भएको छ ।

दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । जस मध्य एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर १३ जना विद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । तिमध्ये ११ जनाको मृत्यु भएको र दुई जना गम्भिर घाइतेको राजधानिका अस्पातलमा उपचार भईरहेको छ । साथै दुर्घटनामा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको पनि मृत्यु भएको छ । दिप प्रज्वलनमा नेपाल बिद्यार्थीका काठमाडौंमा उपलब्ध सम्पूर्ण सदस्य, तथा भात्री संगठनका सदस्य साथै श्रदान्जली तथा समबेदना दिन चाहने सर्बसाधारणालाई निमन्त्रणा गरिएको कुरा सहमहामन्त्री एबम नेबिसंघ प्रबक्ता प्रेमराज जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस