यूएस बंगलाको विमान दुर्घटनामा -उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली विमानस्थलमा

0
35

बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाज त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । जहाजका ७१ यात्रुमध्ये ३१ जना नेपाली भएको थाहा भएको छ। ७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ। जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले जानकारी दिएका छन्।

घाईते यात्रु उपचारको क्रममा उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएको छ।  दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस