त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

0
38

बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ। बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो। अवतरणको क्रममा जहाजमा आगलागी भएको छ। आगलागीमा घाइते १३ यात्रुलाई उद्दार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको प्रहरीले प्रधान कार्यालय कन्ट्रोल कक्षले जानकारी दिएको छ। विमानभित्र करिब ६७ जना यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना भएको भनिए पनि एकिन थाहा नभएको प्रहरीले जनाएको छ। बाँकी यात्रुको अवस्था थाहा नभएको प्रहरीको भनाइ छ। विमानमा लागेको आगो नियन्त्रण भइसकेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारकार्यमा खटिएका छन् । सम्पादन नगरिएको समाचार 

प्रतिक्रिया दिनुहोस