गणेश तिमिल्सेना राष्ट्रिय सभा अध्यक्षको एक्ला उम्मेदवार

0
32

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना एक्ला उम्मेदवार भएका छन । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् । तिमिल्सिना एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक हुन् । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । तिमिल्सनाले ओलीसँगै ४ बर्षे जेल जीवन बिताएका थिए ।

एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाले दाबी गर्दै आएका थिए । उनी पहिलोपटक राष्ट्रिय सभामा सांसद भएका हुन् । तिमिल्सेना संसदीय अभ्यासमा नयाँ हुन् ।

प्रतिक्रिया दिनुहोस