दमनकारी शासक होइन, जनताको सेवक हुँ- प्रधानमन्त्री ओली

0
31

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् । विश्वासको मत माग गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’

उनले अब विकास निर्माणले गति लिने र जनताका समस्या दूर हुने बताए । सम्बोधनमा उनले आफु भ्रष्टाचार नगर्ने र हुन पनि नदिने भन्दै दमनकारी शासक होइन, जनताको सेवक हुँ भने । प्रधानमन्त्री ओलीले मुलकमा अब स्वतन्त्रताको आलाप लगाउने खालको लोकतन्त्र चाहिएको छैन, भने । उनले नेपाली नागरिकले अब उपभोगको लोकतन्त्र खोजेको बताए ।

‘उनले भने, ‘हामी समृद्धिको बाटोमा अघि जानुपर्छ । हामी अब समृद्धितर्फको यात्रामा अघि बढ्नुपर्छ । यो यात्राको अगुवाई सत्तापक्ष, सरकारले र प्रधानमन्त्री भएकाले मैले गर्न सक्छु । तर यो महाअभियान हो । यो हामी सबैको साझा यात्रा हो ।’

प्रतिक्रिया दिनुहोस