आखिर राष्ट्रिय पोसाकमै शपथ खाए सभामुख महराले

0
27

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले आइतबार शीतल निवासमा सभामुख पदको शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् । सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।

दाङ–२ बाट निर्वाचित सांसद महराले राष्ट्रपति भवन शितल निवासमा शपथ लिएका हुन्। उनलाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो। सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ । माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् । संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।

यस बाट के देखिन्छ भने पदमा नहुँदा जस्तो पोसक लगाएपनी संबैधानिक त्यस पदको गरिमा राष्ट्रिय पोसकले मात्र गराउछ भन्ने प्रमाणित स्वयम् महराले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस