आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला अधिकार सुनिश्चित पहल आवश्यकः राष्ट्रपति भण्डारी

0
23
तबिर : एजेन्सीको सहयोगमा

आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा सरकाले आज सम्पूर्ण महिलाहरुलाई सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस