गच्छदार बने दलको उपनेता

0
12

संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् । गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार प्रस्तावक बसेका थिए । यही बैठकबाट संसदीय दलको प्रमुख सचेतक मनोनयन गर्ने भनिएपनि त्यो नभएको बैठकपछि नेता देउवाले बताए । सचेतक बारे छलफल भएपनि स‌ंसद बैठकमा जानु पर्ने भएकाले समय अभाव भएकाे बताइएकाे छ ।

देउवाले संसदीय दलको प्रमुख सचेतक डा. मिनेन्द्र रिजाललाई बनाउने चर्चा रहेको छ । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । यस्तै, संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक पनि प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस