आज संघीय नेपालको ऐतिहासिक संसद्को पहिलो बैठक

0
17

आज संघीय नेपालको ऐतिहासिक संसद् बैठक सोमबारदेखि सुरु हुँदैछ । आइतबार संघीय संसद्का सांसदले शपथ लिएपछि आज पहिलो बैठक बस्न लागेको हो ।

संघीय नेपालको ऐतिहासिक संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक सोमबार नै बस्दैछ । बैठक भने छुट्टाछुट्टै बस्दैछ । दुवै सदनको पहिलो बैठक अपरान्ह ४ बजे सुरु हुनेछ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ ।

त्यस्तै, राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस