२७५ सांसदले शपथ लिने ४४ सांसदले मातृभाषामा शपथ लिने

0
11

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् । जसमा ४४ जना सांसदहरुले भने आफ्नो मातृभामा शपथ लिने भएका छन् । अन्य सांसदहरुले नेपाली भाषामै शपथ लिने छन् ।

सांसदहरुको शपथ ग्रहण कार्यक्रममा ४४ सांसदहरुले १० मातृभाषामा शपथ लिन लागेका संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ हुनेछ ।यसअघि संसद् सचिवालयले भातृभाषामा शपथ लिन इच्छुक सांसदहरुसँग निवेदन माग गरेको थियो । सचिवालयले मागेअनुसार सांसदहरुले शपथको व्यहोरा मातृभाषमा अनुवाद गरी बुझाएका थिए ।

संघीय संसदको पहिलो बैठक सोमबार बस्नुअघि आइतबार सांसदहरुको शपथ ग्रहणको कार्यक्रम छ । राष्ट्रियसभाका सांसदहरुको ५ बजे र प्रतिनिधिसभाका सांसदहरुको शपथ चार बजे तय गरिएको छ । अध्यक्ष ठाकुरलाई आजै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गरेकी छन्

प्रतिक्रिया दिनुहोस