बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

0
33

हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनको गएराति हृदयाघातका कारण दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।

श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् । ८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । श्रीदेवीको डेब्यु १९७८ मा प्रदर्शित फिल्म ‘सोलहवां सावन’ लाई मानिन्छ । त्यसपछि उनले हिम्मतवाला, मवाली, तोहफा, नगीना, आखिरी रास्ता, कर्मा, मिस्टर इन्डिया र चाँदनी जस्ता फिल्म खेलिन् ।

१९८३ मा कमल हासनका साथ आएको फिल्म ‘सदमा’मा उनको अभिनयको खुब तारिफ भयो । १९८९ का ‘चालबाज’ र १९९१ को ‘लम्हे’मा उनले दोहोरो भूमिका गरेकी थिइन् । १९९६ मा उनी शाहरुख खानसँग ‘आर्मी’ फिल्ममा देखिए । उनी शाहरुखकै आगमी फिल्म ‘जीरो’मा पनि विशेष भूमिकामा देखिदै थिइन् ।

प्रतिक्रिया दिनुहोस