नयाँ शक्ति पार्टीको नाम फेर्ने निर्णय

0
17

लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको नाम परिर्वतन गर्ने भएको छ । साथै एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ ।

यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवासमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ, बैठकले कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस