एमाले माओबादी बिधिवत एकता एक महिना पछी

0
18

फागुन ७ गते पार्टी एकताको सातबुँदे आधारमा हस्ताक्षर गरेका एमाले माओवादी नेताहरुले बिधिवत एकता एक महिना पछी गर्ने भएका छन् । साथै पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएको छ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् । दुबै कार्यदलले प्रतिवेदन बुझाएपछि थप गृहकार्य गरेर पार्टी एकता घोषणा गरिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस