राष्ट्रपती कदम बिरुद्ध तरुण दल, काँग्रेस अदालत जाने

0
33

नेपाल तरुण दलले सांकेतिक रुपमा विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक प्रति संविधान उपहार दिएको छ । बुधबार राष्ट्रपतिको कदम विरुद्ध प्रदर्शन गर्दै राष्ट्रपति भवन शितल निवासमा पुगेको तरुण दलका युवाहरुले राष्ट्रपतिद्वारा चालिएको कदम संविधान विपरित रहेकोले त्यसैको सांकेतिक विरोध स्वरुप संविधान उपहार दिएको जनाएको छ ।

तरुण दल नेपालका अध्यक्ष जीतजंग बस्नेतले राष्ट्रपति भवन बाहिर तरुण युवाहरुलाई सम्बोधन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमले कम्युनिष्ट अधिनायकबादको झल्को दिएको भन्दै त्यसको विरोधमा अब तरुण युवाहरु जागरुक हुनुपर्नेमा जोड दिएका छन् । उनले कम्युनिष्ट मिलेपछि सबै कुरा हुन्छ भन्ने भ्रम एमाले र माओवादीका नेताहरुमा रहेको भन्दै काँग्रेस सडकमा उत्रिन बाध्य भए कम्युनिष्टको सत्ता दुई महिनामा च्यूत गराईदिन सक्ने सामथ्र्य काँग्रेससँग रहेको दाबी पनि गरे ।

राष्ट्रपति कार्यालयका कर्मचारीहरुले संविधानको गलत अर्थ लगाएको वा अनर्थ लगाएकोले राष्ट्रपतिले गलत कदम चालेको हो कि भन्ने लागेकोले एक थान संविधान उपहार दिन लागिएको बस्नेतले जानकारी दिए । तत्कालीन देउवा सरकारले सिफारिस गरेका ३ जना राष्ट्रिय सभाका सदस्यहरुलाई ५ दिनसम्म मनोनीत नगरेर केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका ३ जना मनोनीत गरेपछि तरुण दलले राष्ट्रपतिको विरोध गरेको हो ।

अन्य देशमा संबैधानिक व्यवस्था अनुसार चित्त नबुझे प्रस्ताव फिर्ता गर्न सक्ने भएपनि नेपालमा त्यो अधिकार समेत राष्ट्पतिलाई नरहेको अध्यक्ष बस्नेतले बताए । तर, संविधानको व्यवस्था विपरित राष्ट्रपतिको यो कदमले कम्युनिष्ट अधिनायकबादलाई राष्ट्रपतिले समेत पश्रय दिएको आरोप बस्नेतको थियो । यता यही संगठनको मात्री पार्टी नेपाली काँग्रेसले आज सर्वोच्च अदालतमा ओली सरकारको निर्णय कार्यान्वयन गर्ने नाममा देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई लत्याएको विषयमा रीट हाल्ने तयारी गरेको छ।

राष्ट्रपतिको यहि कदमबाट रुष्ट भएको काँग्रेस सबै मोर्चामा विरोधमा उत्रने तयारी गरिरहँदा अदालतमा पनि सो निर्णयलाई चुनौति दिन जाने तयारीमा रहेको छ। नेपाली कााग्रेसको शुभेच्छुक संस्था डीएलएले राष्ट्रपतिको कदमको विरुद्धमा कानुनी चुनौती दिने तयारी गरेको छ। वरिष्ठ अधिवक्ताहरु यो मुद्धालाई सर्वोच्चमा छलफलमा लाने तयारीमा रहेका छन्। नेपाली काँग्रेसले विभिन्न वरिष्ठ अधिवक्ताहरु र अन्य चर्चित अधिवक्ताहरुसँग यो मुद्धाको विषयमा छलफल पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस