प्रधानमन्त्री वोली भोली बालुवाटार सर्दै- सरकारमा अन्य दलको समेत सहभागीता हुने सम्भावना

0
28

प्रधानमन्त्री केपी शर्मा ओली अाइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।भोली अपराहृन ४ बजे बालुवाटार जाने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन् । ओली बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए । शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडी सकेका छन् ।यसै विच मधेसकेन्द्रित राष्ट्रिय जनता राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।

संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्मक देखिएको नागरिक दैनिकको समाचारमा उल्लेख छ ।समाचार अनुसार वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए । नेतात्रयबीच सरकार गठअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले छलफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस