प्रम गरे पदभार ग्रहण- पहिलो कदम शिक्षामा जोड

0
12

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पदभार ग्रहण गर्दै २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थन रहेको प्रस्ताव लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, एमालेका माधवकुमार नेपाल, सुवास नेम्बाङ, विष्णु पौडेलसहितका नेता बिहीबार साढे ११ बजे राष्ट्रपति कार्यालय पुगेका थिए। दुवै अध्यक्षको हस्तक्षार रहेको समर्थनपत्र प्राप्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मध्याह्न ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री ओलीले २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण गर्ने पनि घोषणा गरेका छन् । तत्कालै निर्माण सुरु गरी संघीय संसद भवन दुईवर्षभित्र पूरा गर्ने उनले बताएका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस