नवनियुक्त प्रधानमन्त्री अोलीको सपथ आजै

0
23

नव नियुक्त प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले स्थीरताका र विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्। यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।

प्रधानमन्त्री ओली २०७२ साल असोज २४ गते ओली पहिलो पटक मुलुकको ३८औं प्रधानमन्त्री बनेका थिए । उनको जन्म घर तेह्रथुम  भने  माता राममाया ओली र पिता मोहनप्रसाद ओली हो  । २००८ साल फागुन ११ गते जन्मिएका ओली ६६ वर्ष पुगे ।

प्रतिक्रिया दिनुहोस