ओली प्रधानमन्त्रीको लाईनमा

0
20

वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए । संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

यो संगै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने शितल निवास स्रोतले जनाएको छ । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस