आज प्रधानमन्त्री देउवाको देशवासीका नाममा सम्बोधन

0
6

मन्त्रिपरिषद्को बैठक केही बेरमै बस्दैछ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि बुधबार राति नै संवोधन गर्ने तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न नसक्दा संवोधन सरेको थियो । प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामको फेहरिस्त देशवासीलाई सुनाउने बुझिएको छ । सम्बोधन लगत्तै प्रधानमन्त्री देउवाले रजिनामा दिने तयारी गरेको श्रोतको दाबी रहेको छ ।

९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस