प्रधानमन्त्री राजीनामा दिने तयारीमा

0
4

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । मंगलबार साँझ बसेको केही मन्त्रीहरु र नेताहरुसंगको छलफलपछि देउवाले राष्ट्रकै नाममा संवोधन गरी राजीनामा दिने मनस्थिति बनाएका हुन् । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुअघि नै देउवाले राजीनामा गर्ने बुझिएको छ । स्रोतका अनुसार देउवाले संवोधन बुधबार नै गर्ने तयारी भइरहेको छ । यदि बुधबार संभव नभए बिहिबार संवोधन हुनेछ । चौथो पटक प्रधानमन्त्री भएका देउवाले गत जेठमा चौथो कार्यकाल सुरु गरेका थिए ।

यसपटकको कार्यकाल भने देउवा र मुलुकका लागि अविश्मरणीय रह्यो । देउवा नेतृत्वको सरकारले नै पहिलो पटक सबै तीन तहको निर्वाचन एक वर्षभित्रै सम्पन्न गरेको छ । यो घटना विश्व इतिहासमै पहिलो हो ।

प्रतिक्रिया दिनुहोस