भोली शिवरात्री- विश्वभरबाट दर्शनका लागि श्रदालु पशुपती दर्शनका लागी काठमाडौं भित्रिदै

0
28

फागुन १ गते हिन्दुहरुको विशेष पर्व महाशिवरात्री विश्वभरका शिव मन्दिरहरूमा मनाइँदैछ। विशेष गरेर आराध्यदेव पशुपतिनाथमा महाशिवरात्रिको अवसरमा दर्शन गर्न आउनेहरुको भीड हुने गर्दछ। हरेक बर्ष जस्तै यस बर्ष पनि शिवरात्री मनाउन देश तथा विदेशबाट लाखौंको संख्यामा पशुपति क्षेत्रमा भक्तजनहरु काठमाडौं प्रबेश गरी सकेका छन् । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि उत्तिकै घुइँचो लाग्नेगर्छ। शिवरात्रीको बेला बाबाजीहरु नेपालकै मात्र नभई भारत, बर्मा लगायतका मुलुकबाट पनि आउने भएकाले पाशुपत क्षेत्रको माहोललाई निकै रोचक तथा रमाइलो हुने गर्छ ।

पशुपतिनाथमा अहिले साधुहरुको भीड बढिसकेको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन भक्तजनलाई दर्शन गराउन विभिन्न व्यवस्थाहरु गरिरहेको छ। सोही पर्वलाई ब्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्री पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले मंगलवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र वरपर सवारी प्रवेशमा रोक लगाएको हो ।

यसपटक पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन र विक्रिवितरणमा पूर्ण रोक लगाएको छ।
उता भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस