एक्कासी मौसम बिग्रियो

0
38

आज बिहानै देखी देशको विभिन्न भागकाे मौसम धुम्मिएको छ ।मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नगाल्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने प्रक्षेपण गरेको छ ।

मंगलबार शिवरात्री भएकाले पनि त्यस वरपर प्रायः मौसम बिग्रने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सोमबार र मंगलबार मौसम बदली हुने छ । यो दुई दिनको अवधिमा मुलुकका अधिकांश ठाउँमा वर्षा हुनेछ । पौडेलले काठमाडौं उपत्यकाभित्र सोमबार साँझसम्म बर्षा हुने दाबी गर्दै उच्च हिमाली भेगमा भारी हिमपात हुने बताएका छन् । मंगलबार रातिदेखि भनै मौसममा सुधार आउने छ । पौडेलले बाहिरी प्रभावले मौसममा परिवर्तन आएको जनाउँदै बुधबारदेखि मौसम सफा रहने जनाए ।

प्रतिक्रिया दिनुहोस