राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत, कांग्रेस दोस्रो पार्टी

0
18

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । दू्रत गतिमा भएको मतगणनाको परिणाम अनुसार बाम गठबन्धनले बहुमत पाएको हो । ५६ सिटमध्ये वाम गठबन्धनले ३९ सिट जितेको छ । नेकपा एमालेले २७ र नेकपा माओवादी केन्द्रले १२ सिट जितेको हो। नेपाली कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपा नेपालले २–२ सिट जितेका छन् ।

प्रदेश १ मा एमाले बाट खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई, परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी र नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी र सरिता तथा माओवादी केन्द्रकी बीना पोखरेल बिजयी भएका छन् । प्रदेश २ मा एमालेका सुमनराज प्याकुरेल त्यसैगरि कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव,माओवादी केन्द्रबाट शशिकला दाहाल संघीय समाजवादी फोरम बाट प्रमिलाकुमारी र रामप्रित पासवान र राजपा नेपाल –वृषेशचन्द्र लाल र रामप्रसाद यादव यस अघी नै निर्बिरोध निर्वाचित भईसकेका छन् ।

प्रदेश ३ मा भने एमालेका सिंहबहादुर विश्वकर्मा, रामचन्द्र राई, उदया शर्मा पौड्याल, दिलकुमारी थापा र बलरामप्रसाद बास्कोटा, कांग्रेस बाट धनकुमारी खतिवडा र राधेश्याम अधिकारी तथा माओवादी केन्द्रका रामबहादुर थापा बिजयी भए ।प्रदेश ४ मा भने एमालेका गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ,नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना) र प्रकाश पन्थ तथा माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक निर्वाचित भए।

प्रदेश ५ बाट निर्वाचित हुनेमा एमालेका खिमलाल भट्टराई, रामलखन चमार, कोमल वली र मीना बुढा, कांग्रेस – दुर्गाप्रसाद भट्टराई र अनिता देवकोटा साथै माओवादी केन्द्र बाट चन्द्रबहादुर खड्का र राजकुमार कुँवर रहेका छन् ।प्रदेश ६ मा एमाले बाट नरपति लुवार, कविता बोगटी, नन्दा शर्मा चपार्इं, ठगेन्द्रप्रकाश पुरी र भैरवसुन्दर श्रेष्ठ र माओवादी केन्द्र – जीवन बुढा, युटोल तामाङ र कालीबहादुर मल्ल बिजयी भए ।

प्रदेश ७ मा एमालेका चक्रप्रसाद सुवेदी, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली निर्वाचित भएको अवस्थामा कांग्रेसका बद्रीप्रसाद पाण्डे र तारादेवी भट्ट निर्वाचित हुँदा माओवादी केन्द्र बाट महेशकुमार महरा र हरिराम चौधरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस